कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना
कनु मुद्धामा कति ?
पाेखरा | भदौ ३१, २०८१
पोखरा: कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना महिलालाई पक्राउ गरी अदालत बुझाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र रु.४६,४२,९०० (छ्यालिस लाख बयालिस हजार नौ सय) जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको उनले बताए ।
कनु मुद्धामा कति ?
१. चेक अनादार मुद्दामा – ५२ जना
२. लागू औषध मुद्दामा – ९ जना
३. चोरी सम्बन्धी मुद्दामा – १ जना
४. अपहरण तथा शरिर बन्धक मुद्दमा – १ जना
५. हातहतियार तथा खरखजना मुद्दामा – १ जना
६. नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा– १ जना
७. राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा – २ जना
८. बाल यौन दुरुपयोग मुद्दामा – २ जना
९. बैंकिङ कसूर मुद्दामा – ६ जना
१०. अभद्र व्यवहार मुद्दामा – ३ जना
११. लेनदेन मुद्दामा – ३ जना
१२. सवारी ज्यान मुद्दामा –२ जना
१३. जालसाझी मुद्दामा – ३ जना
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

